आईजीपी अर्याल बल्ल एक्सेनमा, घुस खाने एसपीदेखि इन्सपेक्टर सम्म कारबाहीमा
काठमाडौं, २३ असार । तराईका विभिन्न जिल्लामा आपराधिक गिरोहसँग प्रहरीको मिलेमतोको उजुरी बढेपछि मुख्यालयले कारबाही सुरु गरेको छ । आन्तरिक शुद्धीकरण अभियान अन्तर्गत प्रहरी मुख्यालयले घुस खाने प्रहरीमाथि कारबाही सुरु गरेको हो । पर्सा र सप्तरीका एसपीलाई जिम्मेवारीबाटै हटाएर प्रहरी मुख्यालयले छानबिन गरिरहेको छ । पर्साका गोविन्द साह र सप्तरीका अनुराग द्विवेदीलाई मुख्यालय तानेर अनुसन्धान अगाडी बढाएको छ ।
प्रहरी महानिरीक्षकको सचिवालयले उनीहरूमाथि छानबिन गरिरहेको छ । ‘गम्भीर उजुरी आएपछि मुख्यालय तानेर अनुसन्धान भइरहेको छ,’ प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले भने, ‘उजुरीमा सत्यता भेटिएमा विभागीय कारबाही हुन्छ ।’ दुवै एसपीले तस्करीमा सघाएको र शान्तिसुरक्षामा ध्यान नदिएको उजुरी परेको छ । पैसा लिएको प्रमाणसहित केही व्यक्तिहरूले उजुरी गरेपछि उनीहरूलाई त्यहाँबाट हटाइएको हो ।
दुईजना एसपीलाई तत्कालै ती जिल्लामा पठाउने भनिए पनि बिहीबारसम्म कसैलाई पठाइएको छैन । गृह मन्त्रालयका अधिकारीले थप छलफल गरेर मात्र पठाउने बताएपछि दुवै जिल्ला एसपीविहीन बन्न पुगेका छन् । तानिएका एसपीद्वय फेरि आफैँ जान राजनीतिक लबिङमा लागिसकेका छन् । तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको सिफारिसमा उनीहरू तराईको जिल्लामा इन्चार्ज भएका थिए ।
नेपाल–भारत सीमामा तस्करीमा सघाएकै आरोपमा जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी राजेन्द्रबाबु रेग्मी पनि छानबिनमा तानिएका छन् । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले उनलाई त्यहाँबाट हटाएर छानबिन थालेको हो । दुई साताअघि क्षेत्रले जिल्ला प्रहरी कार्यालय पर्साको मुद्दा शाखामा कार्यरत इन्स्पेक्टर उमाशंकर यादवमाथि कारबाही सुरु गरेको थियो । त्यस्तै, सइ रामबालक यादवलगायत अन्य चारजना जुनियर प्रहरीलाई पनि गुल्ममा सरुवा गरी छानबिन भइरहेको छ ।
त्यस्तै, सप्तरीका एसपीसँगै तल्लो तहका प्रहरी पनि कारबाहीमा परेका छन् । सखरा चौकीका सइले बिहारतर्फ मदिरा तस्करीमा सघाएको खुलेपछि उनलाई कारबाही गरिएको छ । तराईका जिल्लामा भारतबाट तस्करी हुने भएकाले प्रहरीको मिलेमतो देखिने गरेको छ । त्यही कारण तराईका जिल्लामा इन्चार्ज बन्न चलखेल हुने गरेको छ ।
पछिल्ला महिना तराईका जिल्लामा आर्थिक अनुशासनहीनता मौलाएको रिपोर्ट प्रहरी मुख्यालयमा पुगेको छ । बारा, रौतहट, सिरहा, महोत्तरी, धनुषा, रूपन्देही, नवलपरासी, कपिलवस्तुलगायत जिल्लाका प्रहरीविरुद्ध धेरै उजुरी परेको प्रहरी मुख्यालयका एक अधिकारीले बताए ।
आफ्नै प्रहरी कर्मचारीसँग घुस लिएको आरोपमा इन्स्पेक्टर बन्धुराज खनाललाई गृह मन्त्रालयले सेवाबाट हटाएको छ । क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा कार्यरत रहँदा उनले बढुवा गरिदिने भन्दै सिपाहीहरूसँग पैसा असुलेका थिए ।
कर्मचारी प्रशासन शाखामा कार्यरत उनले तराईका विभिन्न जिल्लामा कार्यरत सिपाहीसँग पैसा लिएका थिए । पैसा दिएर पनि बढुवा नभएपछि सिपाहीहरूले उनीविरुद्ध उजुरी गरेका थिए । मध्यक्षेत्रका तत्कालीन डिआइजी पशुपति उपाध्यायले पैसा खाएको थाहा पाएपछि उनीमाथि कारबाही प्रक्रिया अघि बढाएका थिए ।
प्रहरी प्रधान कार्यालयको प्रस्तावअनुसार खनाललाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी गृहले हालै जागिरबाट हटाएको हो । खनालको जागिर अवधि करिब एक वर्ष मात्र बाँकी थियो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...