ताजा समाचार

अब बैंकबाट आवासीय कर्जा डेढ करोडसम्म पाइने

काठमाडौं, २५ असार । अब बैंकबाट डेढ करोडसम्म आवासीय कर्जा पाइने भएको छ । यसअघि प्रदान गरिँदै आएको १ करोडको सीमा बढाउँदै नेपाल राष्ट्र बैंकले डेढ करोड पुयाएको हो । आइतबार आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो घोषणा गरेको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवि नेपालले १ करोड ५० लाख रुपैयाँसम्म आवासीय कर्जा दिन सकिने नयाँ ब्यवस्था गरिएको जानकारी दिए । काठमाडौं उपत्यकाभित्र रियल स्टेट कर्जा र त्यसको सुरक्षणबीचको अनुपात (एलटीभी रेसियो) हालको ५० प्रतिशतबाट ४० प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ ।

अन्य स्थानका हकमा साविकको ५० प्रतिशत अनुपातलाई निरन्तरता दिइएको छ । यो व्यवस्थाले संघीयता कार्यान्वयन भइरहेको सन्दर्भमा विकेन्द्रित विकासलाई समेत प्रोत्साहित गर्ने विश्वास गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org