ताजा समाचार

विवाहको भोजमा गएर फर्किदैं गरेको जीप तिनाउ नदीमा बग्दा ४ जना बेपत्ता

पाल्पा, २६ असार । पाल्पामा विवाहको भोजमा गएर फर्किदै गरेको जीप बाढीले बगाएको छ । तानसेन नगरपालिका–९ र माथागढी गाउँपालिका–३ अम्लियानको सीमामा पर्ने तिनाउ नदीमा आएको बाढीले लु १ ज १२ १७ नम्बरको जीप बगाउँदा चारजना बेपत्ता भएका छन् ।

आइतबार राति साढे २ बजेतिर आएको बाढीले जीप बगाएको प्रहरीले जनाएको छ । नदीमा हराइरहेकामा चालकी श्रीमती उषा श्रेष्ठ, पदमबहादुर कुँवर तथा तिलबहादुर गाहा र उनकी श्रीमती माया रहेका छन् ।

चलिरहेको जीप खोलामा पुग्दा एक्कासी बन्द भएपछि उनीहरुले सदरमुकाम तानसेनमा रहेका आफन्त र प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम तानसेनबाट चालक श्रेष्ठका आफन्त पुगेर डोरीको सहायताले श्रेष्ठलाई उद्धार गर्न सफल भएपनि अरु चारजना गाडीसहित बेपत्ता भएका हुन् ।

बेपत्ता भएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । अत्याधिक वर्षाको कारणले पानीको सतह बढेको हुनाले खोजी कार्यमा समस्या परेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org