ताजा समाचार

बढी ब्याज पाइने लोभका कारण मिटरब्याजले महिला घरबारविहीन बन्दै

कैलाली, २८ असार । कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ । बढी ब्याज पाइने लोभका कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर चर्को मिटर ब्याजका कारण पैसा असुली हुन नसकेपछि घरबारविहीन हुनुका साथै रातारात धनगढी नै छाडेर भाग्नेहरुको संख्या पनि बढ्दै गएको आजको कारोबारमा खबर छ ।

यसमा सानो आर्थिक कारोबार गर्ने मजदुरदेखि ठूला धनाढ्य परिवारका महिला संलग्न छन् । मिटरब्याजले पारिवारिक सम्बन्धसमेत बिग्रन थालेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org