ताजा समाचार

विराटनगरमा एकाबिहानै गोली चल्दा एक महिला घाइते

विराटनगर, २९ असार । विराटनगरमा एकाविहानै गोली चलेको छ । मुनाल पथमा बिहीबार बिहान ७ः३० बजे अज्ञात व्यक्तिले गोली चलाउँदा एक महिला घाइते भएकी छन् । मोटर साइकलमा आएका दुई व्यक्तिले गोली प्रहार गर्दा उदयपुर बेलटारकी ४७ वर्षीया टिनादेवी विष्ट घाइते भएकी प्रहरीले जनाएको छ ।

उनीहरु गोली प्रहार गरेर भागेको प्रहरीले जनाएको छ । घटनाबारे थप केही खुलेको छैन । गोली लागेर घाइते विष्टको विराटनगर अस्पतालमा उपचार भईरहेको छ । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org