ताजा समाचार

राष्ट्रपति भण्डारीविरुद्ध फेसबुकमा जथाभावी लेख्ने कपिलवस्तुका पत्रकार पक्राउ

कपिलवस्तु, २९ असार । राष्ट्रपति विद्यादेबी भण्डारीविरुद्ध फेसबुकमा जथाभावी लेख्ने एक व्यक्ति पक्राउ परेका छन् । गाडी खरिद प्रकरणसंग जोडेर अपमानजनक शब्द प्रयोग गर्ने प्यूठानका सोनुकुमार सुनारलाई प्रहरीले पक्राउ गरेको हो । पेशाले पत्रकार रहेका सुनारलाई प्रहरीले रेडियो तौलिहवाको स्टेशन बाहिरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई फेसबुक स्टाटसमा गाडी प्रकरणलाई जोडेर जथाभाबी लेखेको आरोपमा पक्राउ गरिएको हो । सुनारले साइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले फेसबुकमा राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध जथाभावी लेख्ने सुनारलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org