ताजा समाचार

सचिवको सरुवापछि निर्वाचन आयोगद्धारा पाँच गाडी किन्न बोलपत्र आह्वान

काठमाडौं, ३० असार । निर्वाचन आयोगले पाँचवटा गाडी खरिद प्रक्रिया अगाडी बढाएको छ । आयोग पदाधिकारी र सचिवबीचको बिवादका कारण प्रक्रिया अघि बढ्न सकेको थिए । सरकारले आयोगका तत्कालीन सचिव गोपीनाथ मैनालीको सरुवा गरेपछि गाडी खरिदको लागि बाटो खुलेको हो ।

निर्वाचन प्रक्रिया जारी रहेकै बेला सचिव मैनालीको सरुवा भएको थियो। आयोगले शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरी पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । आयोगको सूचना अनुसार गाडी उत्पादक, वितरक र कारोबार गर्ने फर्महरुले पनि बोलपत्रमा सहभागी हुन पाउँनेछन्।

साउन ३२ सम्म आवश्यक सम्पूर्ण कागजात दर्ताको प्रक्रिया पूरा गर्न आयोगले सूचनामा उल्लेख गरेको छ। खरिद प्रक्रियामा रहेका गाडीको प्राविधिक विवरण र आवश्यकता भने सूचनामा उल्लेख गरिएको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org