ताजा समाचार

सर्पले टोकेर रुपन्देहीमा एक वर्षमा १५ जनाको मृत्यु

रुपन्देही, ३० असार । रुपन्देहीमा सर्पले टोकेर एक वर्षमा १५ जनाको ज्यान गएको छ । एक वर्षको अवधिमा उपचारको लागि आएका सर्पदंशका बिरामीमध्ये लुम्बिनी अञ्चल अस्पताल बुटवलमा १२ जना र भैरहवाको भिम अस्पतालमा ३ जनाको ज्यान गएको हो ।

भैरहवामा रहेको भिम अस्पतालमा १ हजार ८ सय ३ जना सर्पदंशका बिरामी उपचारको लागि आएका छन् । लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल रेकर्ड अधिकृत लक्ष्मीराज रेग्मीका अनुसार अस्पतालमा १ हजार ३ सय सर्पदंशका बिरामी मध्ये १२ जनाको ज्यान गएको हो ।

अहिले पनि अस्पतालमा ७ जना सर्पदंशका बिरामीको उपचार भइरहेको छ । सर्पदंशको उपचार निःशुल्क हुन्छ । तर औषधीको अभावमा २७ जना बिरामीको अन्यत्र रिफर गर्नुपरेको अधिकृत रेग्मीको भनाई छ । पुरुष भन्दा बढी महिला र केटाकेटी सर्पदंशको शिकार भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org