दमक नगरपालिकाले नेपालमै पहिलो पटक ‘नलेज बैंक’ खोल्ने
झापा, ३० असार । झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ । दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो ।
नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाइ सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले नगरलाई समृद्ध गराउन देश–विदेशका अनुभवलाई साटासाट गर्न तथा यहाँको प्राज्ञिक अनुभवलाई उपयोग गर्न नलेज बैंकको अवधारणा ल्याउन पहल गरेका हौँ ।”
यस्तो अवधारणा झट्ट सुन्दा अचम्म लागे तापनि यसबाट नगरपालिकालाई फाइदा पुग्ने नगरप्रमुख ओली बताउनुहुन्छ । ओलीले रगत जम्मा गरेर धेरैको ज्यान बचाउने काम ब्लड बैंकले गरेजस्तै विकासका लागि बुद्धिजीवीका सुझाव र योजनालाई सङ्ग्रहित गर्नका लागि यस्तो अवधारणा उपयोगी हुने दाबी गर्नुहुन्छ ।
उहाँले जनप्रतिनिधि र कर्मचारीसँगै प्राज्ञिक व्यक्तित्वको अनुभवलाई एकै ठाउँमा उपयोग गर्न यस्तो प्रयास शुरु गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मानिसहरुको बुद्धि र विवेकलाई पनि जम्मा गर्न सकिन्छ र आवश्यकता परेको अवस्थामा रोयल्टी तिरेर भएपनि त्यसको प्रयोग गर्नुपर्छ ।” यो बैंकमा राखिएका विचार तथा दृष्टिकोणलाई आधुनिक कम्प्युटर प्रविधिबाट विश्वका जुनसुकै ठाउँमा आदान प्रदान गर्नसमेत सकिने उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...