ताजा समाचार

महानरगले अब काठमाडौंका गरिबलाई परिचयपत्र दिने, साझा बसमा निःशूल्क यात्रा

काठमाडौं, ३० असार । काठमाडौंका गरिबलाई परिचयपत्र दिईने भएको छ । काठमाडौं महानगरपालिकाले नगरभित्रका गरिब परिवारको पहिचान गरी परिचयपत्र बाँड्ने भएको हो । आगामी आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले काठमाडौंका गरिब घर परिवारको पहिचान गर्ने घोषणा गरेका छन् ।

गरिब पहिचान गरेर परिचयत्रपत्र दिने र उनीहरुलाई साझा बसमा निःशूल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइने महानगरको नीति तथा कार्यक्रममा नै उल्लेख छ । गरिब तथा सीमान्त परिवारका लागि विशेष सुविधाहरु पनि उपलब्ध गराइने मेयर शाक्यले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org