ताजा समाचार

आजदेखि १० लाख भन्दा नगदको कारोबार बैकिंङ प्रणालीबाट गर्नुपर्ने

काठमाडौं, १ साउन । तपाई कुनै ठुलो आर्थिक कारोवार गर्दै हुनुहुन्छ भने आजदेखि नगदमा गर्न पाईदैन । १० लाख रुपैयाँभन्दा बढीको आर्थिक कारोवार गर्दे हुनुहुन्छ भने नगदमा नगर्नुस् । नगदमा कारोवार गरेको भेटिए तपाईलाई सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन २०६४ अनुसार कारवाही हुन सक्छ ।

ु१० लाख रुपैयाँभन्दा बढीको कारोवार गर्नुछ भने बैकिंङ प्रणालीबाटै गर्नुपर्ने ब्यवस्था गरेका छौुं, सम्पत्ति शुद्धिकरण विभागका एक अधिकारीले भने (अर्थ मन्त्रालय राष्ट्र बैंकले छलफल गरी यसबारे राजपत्रमा सुचना प्रकाशित कानुनसरह बनाईसकाले कारवाही हुने खबर आजको कान्तिपुर दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org