ताजा समाचार

बाँदरका कारण ५० हजार मानिस अँध्यारोमा बस्न बाध्य

काठमाडौं, ३ साउन । बाँदरले पावर स्टेशनमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा बढी मानिस अँध्यारोमा बस्न बाध्य भएका छन् । एउटा लंगुरे बाँदरले गएको आइतबार दक्षिण जाम्बियामा रहेको एउटा पावर स्टेशनको विजुलीको तारमा क्षती पुर्‍याएपछि ५० हजार भन्दा धेरै मानिस अन्धकारमा बस्न बाध्य भएका बिबिसीले जनाएको छ ।

मानिसका कारण विद्युत आपूर्तिमा समस्या भएको भए कारवाही गर्न सकिने भए पनि बाँदरलाई केही गर्न नसकिएको पावर कम्पनीका प्रवक्ताले बताएका छन् । प्रवक्ता हेनरी कपाटाका अनुसार मानिसलाई करेन्ट लागेको भए ज्यान जान्थ्यो तर बाँदर गम्भीर घाइते भएको छ ।

बाँदरलाई वन विभागका कर्मचारीको जिम्मा लगाइएको छ । विजुली नहुँदा घरसँगै, व्यापार व्यवसाय पनि प्रभावित भएको छ । चर्चित भिक्टोरिया फल्ससँगैको पर्यटकीय क्षेत्रमा पनि यसले असर गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org