ताजा समाचार

भारतबाट मरेका नेपाली बजारमा खुल्मखुल्ला बिक्री, नेपाली माछापालक किसान मर्कामा

बीरगञ्ज, ४ साउन । खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान भीम साहको गुनासो छ । साहजस्ता जिल्लाका सम्पुर्ण माछापालक किसानको यही मार्का हो ।

भारतबाट माछा आयत गर्नेहरु पनि मरेका माछा ल्याउने गरेको स्वीकार गर्छन । बीरगञ्जका विभिन्न स्थानमा रहेका माछा बजारमा बेच्न राखिएका कार्टुनमा प्याक गरेर ल्याईएका माछा कम्तीमा पाँच दिनअघि नै मारिएको स्वयं विक्रेता नै बताउँछन् ।

मरेको माछा आईसमा राखेर ल्याउँदा केहीफरक नपर्ने तर्क गर्दै नेपाली माछा ब्यापारीले मरेकै माछाको माग गर्ने गरेको आयातकर्ताको दावी रहेको खबर आजको गोरखापत्र दैनिककमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org