ताजा समाचार

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ वटा गैंडा मरे

चितवन, ४ साउन । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैंडा मरेका छन् ।
२१ वटा गैंडा प्राकृतिक कारणले र चारवटा गैंडा मानवीय कारणले मरेको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैंडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका हुन् । यसअघिको वर्षमा १५ वटा गैंडा मरेकोमा यो वर्ष बढेर २५ निकुञ्जले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org