ताजा समाचार

मध्यरातमा भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी, १६ लाख भन्दा बढीको क्षती

भक्तपुर, ५ साउन । भक्तपुरको एक फर्निचर उद्योगमा आगलागी भएको छ । भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा रहेको फर्निचर उद्योगमा बुधबार राति आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा चरण खायमलीले संचालन गरेको फर्निचर उद्योगमा मध्यरातमा भएको आगलागीबाट १६ लाख रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

राति पौने १२ बजे लागेको आगोले उद्योगमा रहेका फर्निचर एवं मेशिन जलेर नष्ट भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वारुण यन्त्र भक्तपुर र ललितपुरका दमकलल तथा स्थानीय बासिन्दाको सहयोगमा झण्डै २ बजे आगो नियन्त्रणमा लिएको थियो ।

कारखानामा लागेको आगोका कारणसँगै रहेको विश्वराम प्रजापतिको घरमा समेत ग्यास सिलिण्डर पड्केर सामान्य क्षति भएको छ । कारखानामा राती कोही पनि नबस्ने भएकाले आगलागीको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org