ताजा समाचार

चमेलिया जलविद्युत आयोजनाले खनेको खाल्डोमा परी एक बालिकाको मृत्यु

दार्चुला, ८ साउन । दार्चुलामा जलविद्युत आयोजनाले खनेको खाल्डोमा परेर एक बालिकाको ज्यान गएको छ । जिल्लाको शैल्यशिखर नगरपालीका–१ बलाचमा चमेलिया जलविद्युत्त आयोजनाले खनेको खाल्डोमा परी बलाचका हर्कबहादुर खडायतकी १० वर्षीया छोरी अनीशा खडायतको ज्यान गएको हो । बजार जाँदैगर्दा आयोजनाले खनेको खाल्डोमा जमेको पानीमा डुबेर अनिशाको ज्यान गएको प्रहरीले जनाएको छ ।

चमेलिया जलबिद्युत आयोजनाको निमार्ण कार्य गरिरहेको चाइना गेजुवा पावर अफ कम्पनीले आयोजनाका लागि आवश्यक ढुंगा, गिट्टी निकालेर बनेको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको प्रहरी चौकी बलाचका प्रहरी नायवनिरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।आफन्तले निमार्ण कम्पनीको लापरबाहीले बालिकाको ज्यान गएको भन्दै चाइना गेजुवा ग्रुपसँग क्षतिपुर्तीको माग गरेका छन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org