ताजा समाचार

सावधान ! घरमै सुत्केरी भए तीन पुस्ते सार्वजनिक होला

बैतडी, ९ साउन । बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धेश्वर स्वास्थ्य चौकीको भित्तामा नागरिक बडापत्रसँगै एउटा फरक खाले सूची देखिन्छ ।त्यो हो– स्वास्थ्य चौकी नआएर घरमै सुत्केरी गराउनेको तीनपुस्ते विवरण । जहाँ ठूला अक्षरले लेखिएका छन्– घरमै सुत्केरी गराउने महिला, पति र ससुरा/बाबुको नाम तथा ठेगाना । साथमा सुत्केरी भएको मिति पनि । प्रायः स्वास्थ्य संस्थामा आफूकहाँ प्रसुति सेवा लिनेको विवरण अद्यावधिक गरिन्छ, तर यहाँ भने उल्टो रहेको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org