ताजा समाचार

मोवाईलमा ब्लु फिल्म देखाउँदै आफ्नै ११ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ

इटहरी, १० साउन । आफ्नै ११ वर्षीया छोरीमाथि बलात्कार गरेको आरोपमा इटहरीमा एक बाबु पक्राउ परेका छन् । विगत ६ वर्षदेखि मोवाईलमा अश्लिल भिडियो देखाएर पटक पटक बलात्कार गर्दै आएको आरोपमा ३५ बर्षिय पुर्ण लिम्बु पक्राउ परेका हुन् । इटहरी ४ मा कोठा भाडामा लिएर बस्दै आएका लिम्बुले श्रीमती नभएको मौका छोपि आफ्नी छोरीलाई बलात्कार गर्दै आएका थिए ।

उनले मोबाइलमा रहेको अश्लिल भिडियो देखाउँदै यस्तो गर्नुपर्छ भन्दै यौन शोषण गर्दै आएको प्रहरीले जनाएको छ । आफ्नै छोरीमाथि बलात्कार गर्ने लिम्बुलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाएको छ । बाबु लिम्बुले आफुलार्इ ६ बर्षको उमेर देखिनै योनीमा आफ्ना हातका औला कोचारी दिने, स्तन खेलाउने र यस्तो नगरौं बाबा भन्दा कसैलाइ भनिस भने मारि दिन्छु भनेर धम्कि दिने गरेको पीडित बालिकाले बताईन् ।

छोरीले खाना खान नमान्ने पटक–पटक पेट दुख्यो भन्ने र बान्ता समेत गरेपछि आमाले के भयो भनेर फकाएर सोध्दा आफुलाइ बाबुले बर्षौदेखि बलात्कार गर्दै आएको भनेर बताएको बालिकाकी आमाले बताइन । आफ्नै छोरी बलात्कार गर्ने बाबुका विरुद्ध आमाले इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन । उनको उजुरीको आधारमा इलाका प्रहरी कार्यालयले पुर्ण लिम्बुलाइ पक्राउ गरेको हो ।

इटहरी बजारको जय नेपाल होटलमा कार्यरत लिम्बुले दैनिक रक्सी खाएर आउने श्रीमतीले बताइन । “दिनभरी काम गरेर थाकेर आउछ, खावोस खाएपनि भने तर यो पापीको सोँच त यस्तो पो रहेँछ, छोरीलाइ बलात्कार गर्ने” श्रीमतीले भनिन् । ती आरोपित बाबुले पनि छोरीको बलात्कार गरेको स्विकारेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org