ताजा समाचार

भूकम्पपीडितको बास छाप्रोमा, पुनर्निर्माण प्राधिकरणद्धारा तीन वर्षमा १४ प्रतिशत बजेट मात्र खर्च

काठमाडौं, ११ साउन । विनाशकारी भूकम्पले क्षति पुर्याएका सबै संरचना पाँच वर्षभित्र बनाइसक्ने उद्घोषसहित गठन भएको पुनर्निर्माण प्राधिकरणले तीन वर्षको अवधिमा जम्मा १४ प्रतिशत मात्रै रकम खर्च गरेको छ ।

पुनर्निर्माण शीर्षकमा आर्थिक वर्ष २०७३/७४ का लागि विनियोजन भएको बजेट पनि आधाभन्दा बढी खर्च हुन सकेन । भूकम्पपीडितहरु अझै छाप्रोमा बसिरहेका बेला पुनर्निर्माण प्राधिकरणमा भएको चर्को राजनीतिकरणका कारण दाताहरुले कबोल गरेको रकम हरेक वर्ष फ्रिज भइरहेको आजको राजधानी दैनिकले लेखेको छ ।

गत आर्थिक वर्ष प्राधिकरणको निगरानीमा विभिन्न मन्त्रालयले खर्च गर्नेगरी १ खर्ब ११ अर्ब रुपैयाँ विनियोजन भएको थियो । तर, सो रकममध्ये ५९ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भयो । बाँकी ५१ अर्ब ५० करोड रुपैयाँ फ्रिज भएको छ । प्राधिकरण भने यो रकम खर्च हुन नसक्नुमा दातृ निकायको सर्त बाधक रहेको बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org