ताजा समाचार

प्रधानमन्त्री देउवा निर्देशन दिँदै गर्ने कर्मचारी विदेश भ्रमणमा निस्किदै गर्ने

काठमाडौं, १२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको जम्बो टोली तालिम तथा अवलोकन भ्रमणका लागि भन्दै ईटाली पुगेको छ ।

ईटालीको टुसिया विश्वविद्यालयद्धारा आयोजित सस्टेनेवल ईरिगेसन विथ ईम्फासिस् अन माउन्टेन ईरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका आजको नागरिक दैनिकमा खबर छ ।

साउन ८ देखि सुरू हुने उक्त कार्यक्रम २१ गतेसम्म सञ्चालन हुनेछ। ७ दिन तालिम र ७ दिन अवलोकनका लागि छुट्टाइएको छ। ती सबै कर्मचारीहरू एसियाली विकास बैंक र विश्व बैंकबाट नेपाललाई प्राप्त हुने अनुदान सहयोग रकमबाट खर्च बेहोर्ने गरी इटाली गएका हुन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org