काल सर्प योगका नाममा खुलेआम ठगी, विश्वास नगर्न सर्वसाधारणलाई आग्रह
काठमाडौं, १२ साउन । काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्ने कार्य भइरहेको भन्दै त्यसबाट सतर्क सरोकारवालाले आग्रह गरेका छन् । हरेक वर्ष नागपञ्चमीको दिन पारेर केही ज्योतिषीले काल सर्प योगको नाममा सर्वसाधारणलाई ठग्दै आएको भन्दै काठमाडौंमा बुधबार भएको एक कार्यक्रमका वक्ताले ग्रन्थमा काल सर्पबारे कुनै कुरा उल्लेख नभएकाले त्यसमा विश्वास नगर्न आग्रह गरेका हुन् । काल सर्प योगका नाममा ४०० व्यक्तिबाट प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले रकम उठाई ठगी गरिरहेको पाइएको छ ।
नेपाल पञ्चांग निर्णायक समिति र नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले कालसर्प योग शास्त्र विरुद्धको कुरा हो भन्दै यो अप्रमाणित, अशास्त्रीय श्लोक भएकाले ज्योतिषी पनि सतर्क हुनुपर्ने अवस्था आएको बताउनुभयो ।
अर्को प्रसंगमा उहाँले जनैपूर्णिमाको दिन ग्रहण परेकाले उपकर्म तथा रक्षाबन्धन नाग पञ्चमीका दिन गर्नुपर्ने बताउनुभयो । परिषद्का अध्यक्ष माधवराज पाण्डेले काल सर्प योगको नाममा दिन दहाडै सर्वसाधारण तथा अशिक्षित नागरिक ठगीमा परिरहेकाले सञ्चार माध्यमले यसलाई प्राथमिकता दिएर प्रसारण गरी ठगी कार्यलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले काल सर्प योग गलत, भ्रमपूर्ण भएको तथा तर्कपूर्ण नभएको भन्दै यो सरासर ठगी धन्दा भएको बताउनुभयो ।
ज्योतिषी कृष्ण अधिकारीले ब्रह्मवीर ग्रन्थमा काल सर्प योगबारे कुनै उल्लेख नभएको स्पष्ट पार्दै धेरै मानिस ठगीमा परिसकेको बताउनुभयो । नेपाल पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले यसबर्ष श्रावण शुक्ल पूर्णिमामा गरिने उपकर्म, रक्षाबन्धन धर्मशास्त्र र परम्परा नाग पञ्चमीमा गर्नुपर्ने बताउनुभयो । उहाँले अर्ध रात्रिकाल भन्दा अगाडि ग्रहण पर्यो भने नागपञ्चमीमा रक्षाबन्धन गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले ‘हिन्दू धर्मको मूलग्रन्थमा कहीँ पनि कालसर्प योग भेटिएको छैन, त्यसैले कालसर्प योग सत्य होइन, यो सरासर ठगी हो,’ भन्नुभयो ।रासस
Comments
अरु समाचार
-
नेप्से परिसूचक २२ अङ्कको गिरावट, कारोबार रकम तिन महिना यताकै न्यून
काठमाडौं । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छभने कारोबार रकम पनि...
-
बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना बेपत्ता र ७६ जना घाइते
काठमाडौं । बिहीबारदेखि देशभर परिरहेको वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ३२ जनाको मृत्यु, ६३ जना...
-
संयुक्त राष्ट्रसङ्घद्वारा लेबनानका १० लाख नागरिकलाई आपतकालीन खाद्यान्न सहयोग
काठामाडौं । विश्व खाद्य कार्यक्रमले लेबनानमा जारी द्वन्द्वबाट प्रभावित १० लाख मानिसलाई खाना उपलब्ध गराउन आपतकालीन अभियान सञ्चालन गरेको जनाएको...
-
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला : आज नेपालले ओमानसँग खेल्दै
काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सिटीमा हुने...
-
तामाकोसी जलविद्युत् आयोजनाको पहिरोमा पुरिएरका चार जना अझै बेपत्ता
काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा पहिरोले पुरिएका चार जना अझै बेपत्ता...
-
बाढीका कारण १६ वटा जलविद्युत् आयोजनामा क्षति
काठमाडौं । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था...
-
विपद् राहत कोषमा ५० लाख जम्मा गर्ने कांग्रेसको निर्णय
काठमाडौं । नेपाली कांग्रेसले लगातारको वर्षाका कारण आएको बाढी र पहिरोबाट पीडित बनेका नागरिकलाई तत्काल उद्धार र राहत कार्यलाई तिव्रता...
-
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा...
-
जलसतह घटेपछि कुलेखानी बाँधको ढोका बन्द
काठमााडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशय (इन्द्रसरोवर ताल) को ढोका बन्द गरिएको छ । जलाशयमा क्षमताभन्दा...