ताजा समाचार

कुलमानको ठेक्का तोड्ने चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा काम सुचारु गर्यो

काठमाडौं, १३ साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चेतावनीपछि चिनियाँ कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम थालेको छ । एक हप्ता अघिदेखि महोत्तरीको ढल्केबरमा २ सय २० केभिको सबस्टेसन निर्माणको काम रोकेको चिनिया कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) ले आज (शुक्रबार) देखि पुनः काम सुुरु गरेको हो । दुई महिनाभित्र यसको निर्माण सम्पन्न भइसक्ने विद्युत प्राधिकरणले जनाएको छ ।

निर्माण कम्पनीले कुनै कारण नखुलाई अघोषितरुपमा काम पुरै ठप्प पारेको थियो । प्राधिकरणले ठेक्का तोड्ने चेतावनी दिएपछि कम्पनीले काम सुचारु गरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । अहिलेसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । आगामी सुख्खायाममा यो सबस्टेशनमार्फत भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत प्राधिकरणको योजना छ ।
केही महिनाअघि मात्रै समयमा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा लिएको सिसिपिजीसँग ठेक्का तोडेको थियो । यसरी ठेक्का तोडेको रिस पोख्न सिसिपिजीले ढल्केबर सबस्टेशनमा काम रोकेको बताइएको छ ।

कम्पनीले प्राधिकरणलाई ढल्केबरको पनि ठेक्का तोड्ने भन्दै घुर्की लगाउँदै आएको थियो । तर प्राधिकरणले पनि आफुहरु समयमै काम सुरु नगरे ठेक्का तोड्ने बताएपछि यसले समयमै काम सुरु गरेको हो । प्राधिकरणका निर्देशक कुलमानले काम सुरु नगरे ठेक्का ताड्ने चेतावनी दिएपछि अन्तत काम सुरु गरेको प्राधिकरणले जनाएको छ ।

सन् २०१० को डिसेम्बरमा निर्माण सुरु भएको उक्त प्रसारणलाइन सन् २०१३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । अहिले प्राधिकरणले २२०/१३२ केभीको ट्रान्सर्फमर भाडामा लिएर भारतको मुजफ्फपुर बिन्दुमा राखी विद्युत् आयात गरिरहेको छ । ढल्केबरमा सबस्टेसन बनेपछि प्राधिकरणले मुजफ्फपुरमा ट्रान्सर्फमर राख्नु पर्दैन भने थप विद्युत् आयात पनि गर्न सकिन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org