ताजा समाचार

४५ दिनको लागि साहिद खकान अब्बासी पाकिस्तानको प्रधानमन्त्रीमा चयन

काठमाडौं, १५ साउन । पाकिस्ताको प्रधानमन्त्रीमा साहिद खकान अब्बासी चयन भएका छन् । पाकिस्तानको सर्वोच्च अदालतले भ्रष्टाचार गरेको ठहर गरेपछि नवाज सरिफले शुक्रबार मात्रै प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनको राजीनामापछि सत्तारुढ दल मुस्लिम लिग–नवाजले अन्तरिम प्रधानमन्त्रीमा अब्बासीलाई चयन गरेको हो । उनी अब अब ४५ दिनसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने छन् ।

उनी नवाज सरिफको सरकारमा पेट्रोलियम मन्त्री थिए । पाकिस्तानी संसदले प्रधानमन्त्री चयन गरेपछि अब्बासी जिम्मेवारीबाट मुक्त हुनेछन् । प्रधानमन्त्रीका लागि पार्टीको तर्फबाट पन्जाबका मुख्यमन्त्री रहेका शरिफका भाइ सेहबाज शरिफले प्रतिस्पर्धा गर्नेछन् ।

सेहबाजले पहिले पञ्जाव प्रान्तको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने छ र त्यसपछि केन्द्रीय संसद्को तल्लो सदन नेसनल एसेम्बलीको उपचुनावमा जित्नुपर्ने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org