ताजा समाचार

धुर्मुस-सुन्तलीले ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नमुना नेपाल’ का लागि जग्गा भेटियो

ललितपुर, १५ साउन । धुर्मुस सुन्तलीले निर्माण गर्न लागेको नमुना नेपालको लागी जग्गा फेला परेको जनाएका छन् । ‘अब विश्वले चिन्नेछ नेपाल, नेपालभित्रको नेपाल नमुना नेपाल’ निर्माणका लागि ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ५ लेलेस्थित खाँवा डाँडामा जमिन फेला परेको जनाएका छन् । देशभरका विभिन्न २२ ठाउँको अवलोकन पश्चात खाँवा डाँडा उपयुक्त भएको धुर्मुस सुन्तलीले जनाएका छन् ।

३ वटा बस्ती सफलतापुर्वक सम्पन्न गर्दै चर्चामा आएका हाँस्यकलार तथा समाजसेवी धुर्मुस सुन्तलीले नमुना नेपाल बनाउने घोषणा गरेका थिए । उनीहरुको महोत्वाकांशी योजना अब विश्वले चिन्नेछ नेपाल नेपाल भित्रको नेपाल नमुना नेपाल निर्माणको लागि आवश्यक पर्ने जग्गा फेला परेको तर सरकारले स्विकृती दिनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । जग्गाको निरिक्षण गर्न त्यसतर्फ गएका धुर्मुस सुन्तलीले आफुहरुले खोजेको जस्तै जग्गा ललितपुरको गोदावरी नगरपालिकाको लेलेमा रहेको सत्य सामुदायिक वनमा भएको खुलाएका हुन् ।

जग्गा हेर्न गएका धुर्मुस सुन्तलीलाई स्थानीयले फूल मालासहित स्वागत गर्दै परियोजना निर्माणका लागि सहमति पत्र समेत प्रदान गरेका थिए । ‘राष्ट्रिय गौरवको परियोजनालाई सरकारले पनि साथ दिने हामीले आशा राखेका छौं’ धुर्मुसले भने ‘यो हाम्रो मात्र सपना होईन सारा नेपालीको सपना हो ।’ आफुले खोजेजस्तै जग्गा भेटिएसँगै अब धुर्मुस नमुना नेपाल निर्माणको नजिक पुगेका छन् । मात्र अब उनीहरुलाई नेपालीहरुको साथ र सहयोगको खाँचो परेको छ ।

उनले सामाजिक सञ्जालबाटै उक्त स्थानीयबासीले दिएको सहमति पत्र नागरिक उड्डयन मन्त्रालय मार्फत सरकारलाई प्रस्तावना समेत पेश गरिसकेको र सरकारले सकारात्मक भई यस परियोजनालाई स्विाकार गर्नेमा आफु विश्वस्त रहेको समेत बताए ।

सम्पुर्ण नेपाल एकैपटक, एकैठाउँबाट हेर्न मिल्ने गरी निर्माण गरिने नमुना नेपाल विश्वलाई नेपाल चिनाउने प्रयास पनि हो । नेपाल भरी रहेका सम्पुर्ण जातजातिको सांस्कृतिक प्रतिनिधित्व गर्ने यस नमुना नेपाल भित्र हिमाल, पहाड र तराईको जस्ताको त्यस्तै अनुभुती गर्न पाईने धुर्मुस सुन्तली फाउन्डेशनले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org