डा. गोविन्द केसी पाँच वर्षमा ११ पटक अनशनः माग जस्ताको त्यस्तै
काठमाडौं, १६ साउन । चिकित्सा शिक्षा सुधारको माग राख्दै शिक्षण अस्पताल महाराजगन्जका प्रा.डा. गोविन्द केसीको ११ औँ आमरण अनशन छैटौँ दिन पनि जारी छ । केसीले राखेका मागमा सहमति खोज्ने प्रयासस्वरूप आइतबार पनि छलफल भएको छ ।
पाँच वर्षदेखि निरन्तर चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनशन बसे पनि आफूसँग गरिएका अधिकांश सहमति कार्यान्वयन नभएको भन्दै केसीले अनशन जारी राखेका हुन् । पाँच वर्षको अवधिमा उनी एघारौँपटक अनशन बसेका छन् । केसीले राखेका मागमध्ये अधिकांश पूरा भएका छन् । सरकारी वार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठका अनुसार अहिले केसीका माग बुँदागत रूपमा धेरै भए पनि छलफलमा दुईवटा मात्रै रहेको बताए ।
आफूहरूले दिएको सुझाबलाई समेटेर चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने र चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउनुपर्ने डा. केसीका मागका विषयमा छलफल भइरहेको श्रेष्ठको भनाइ छ । उनका अनुसार केसीको मागका विषयमा सरकार सकारात्मक छ ।
केसी पक्ष र सरकारी वार्ता टोलीबीच चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफल गराउन आग्रह गर्ने र आइओएमलाई त्रिभुवन विश्वविद्यालयबाट स्वायत्तता गराउने विषयमा सबै पक्षबीच बसेर छलफल गर्ने विषयमा मोटामोटी सहमति भएको संयोजक श्रेष्ठले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले समेत डा. केसीको माग सम्बोधन गरी तत्काल अनशन तोडाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...