ताजा समाचार

दुर्घटना न्युनीकरण गर्न ९ हजार चालकलाई सडकमै शिक्षा

बुटबल, १७ साउन ।  पश्चिम क्षेत्रमा सवारी दुर्घटनाको डरलाग्दो तथ्यांक सार्वजनिक गरेकोे ट्राफिक प्रहरीले दुर्घटना न्युनीकरणका लागि अभियान थालेको छ । अभियानको २० दिनसम्म झन्डै नौ हजार चालकलाई सडकमा नै ट्राफिक शिक्षा दिईएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले गत २५ असारमा सुरु गरेको अभियानअन्र्तगत धेरै चालकलाई सचेत गराईएको छ । पश्चिम क्षेत्रमा सवारी दुर्घट्ना बढ्नुमा चालकको लापारबाही प्रमुख कारण रहेको पाईएपछि दुईओटा अप्रशेन थालिएको एसपी कृष्णहरि शर्माले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org