ताजा समाचार

प्रचण्ड सरकारले आर्थिक सहायताका नाममा कार्यकर्तालाई १७ करोड बाढ्यो

काठमाडौं, १८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको पूर्ववर्ती सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै मतदाता आकर्षित गर्न विभिन्न व्यत्तिलाई जथाभावी पैसा बाँडेको खुलासा भएको छ।

पदबाट राजीनामा दिएर ‘काम चलाउ प्रधानमन्त्री’ रहेका बेला दाहाल नेतृत्वको सरकारले जेठ १९ गते एकै दिन पाँच सय ३५ जनालाई ३ करोड ७८ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको देखिएको खबर आजको नागरिकमा छ ।

त्यस दिन ४ सय ८५ जनालाई ५० हजारका दरले २ करोड ४२ लाख ५० हजार वितरण गरिएको थियो भने अन्य ५० जनालाई १ देखि १० लाखका दरले १ करोड ३५ लाख ५० हजार वितरण गरिएको थियो। दाहालले गत जेठ १० गते राजीनामा दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org