ताजा समाचार

प्रधानमन्त्री देउवा भौतिक पूर्वाधारमन्त्री बलायरलाई लगेर नारायणगढ–मुग्लिन सडक निरीक्षण गर्दै

काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नारायणगढ–मुग्लिन सडकको निरीक्षण गर्ने भएका छन्। आज बिहान ९ बजे उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरलाई लगेर अवलोकन गर्न लागेका हुन् । अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिने यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले जानकारी दिए ।

प्रधानमन्त्रीले अनुगमनका क्रममा दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन्। अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ। अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए। यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org