ताजा समाचार

यि हुन्, पहिलो पटक मन्त्रीपद पाउँदा टोपी फुकालेर भुइँमै ढोग्ने सिँचाईमन्त्री


बर्दिया, १८ साउन । हिजोआज एउटा तस्बिरले निकै चर्चा पाईरहेको छ । यो तस्बिर हेर्दा सबैलाई लाग्न सक्छ उनी कुनै मुस्लिम धर्ममा आस्था राख्ने मानिस होलान । तर उनी कोही नभएर नेपालका सिँचाइ मन्त्री सञ्जयकुमार गौतम हुन् । अहिले उनको यो तस्बिरले सामाजिक सञ्जालमा निकै चर्चा पाईरहेको छ ।

मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमानामा पाइला टेक्ने वित्तिकै गाडी रोकेर जिल्लाको सीमा मानखोलामा उत्रिएर भुइँमा ढोगेका हुन् ।

मन्त्री बनेर पहिलो पटक गृहजिल्ला बर्दिया पुगेका मन्त्री गौतमले जिल्लाको सीमा मानखोलामा उत्रेर माटोलाई ढोगेका हुन्, त्यो पनि बीच सडकमै । मन्त्री गौतमले गाडीबाट ओर्लिएर टोपी फुकालेर सडकै ढोग्दा सुरक्षामा खटिएका सुरक्षाकर्मी र मन्त्रीका आसेपासे पनि चकित परेका थिए । नेपाली कांग्रेसबाट मन्त्री बनेका गौतम उक्त तस्बिरका कारण यतिबेला चर्चामा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org