‘हेलो सरकार’ अब सरकारी कल सेन्टरमा परिणत हुने
काठमाडौं, १८ साउन । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ । हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो । गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराए ।
कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासा फोनमार्फत टिपिरहनु पर्ने झन्झट पनि हराउनेछ । यसका लागि हेलो सरकारले ‘अमीयो’ नामक नयाँ सफ्टवेयर ल्याएर कलसेन्टरको शुरुवात गर्न थालेको हो । हेलो सरकारका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले कलसेन्टरमा आएका सर्वसाधारणको गुनासो सिधै सम्बन्धित अधिकारीलाई जान्छ र ती अधिकारीले गुनासोलाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्ने बताए ।
हेलो सरकारले सबै निकायका सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा ती गुनासो सिधै कलसेन्टरमार्फत पुर्याउने गर्दछ र पुगेका गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको छ । यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवको मोबाइल नम्बरमा समेत गुनासो पुग्ने गर्दछ र उनीहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ ।
‘सर्वसाधारणका गुनासा कलसेन्टरमा आउँछन् र हामीले कुन निकायको गुनासो हो । त्यो निकायका आधिकारिक व्यक्तिलाई तत्कालै फोनबाट आएका गुनासा कलसेन्टरमार्फत फरवार्ड गरेर पुर्याउछौं,’ उनले भने, ‘ती गुनासोलाई सम्बन्धित अधिकारीले तुरुन्तै समस्या समाधान गर्नुपर्दछ ।’
यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उनको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उनीहरुले ‘रेकर्ड भ्वाइस’ सुनी समस्या सम्बोधन गर्नेछन् । यसरी पछि पठाइएको गुनासोको सम्बोधन गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा जान्छ र उनीहरुले आफ्नो गुनासोको सम्बोधन सुन्नेछन् ।
सूचना प्रविधि निर्देशक रेग्मीले अहिले कलसेन्टर परीक्षणका क्रममा रहेको बताए । ‘अहिले सवैको मोबाइल नम्बर लिएर परीक्षण गर्ने तयारीमा रहेका छौैं,’ उनले भने, ‘अबको एक डेढ महिनापछि हामी पूर्णरुपमा कलसेन्टरमार्फत जनताका गुनासो सम्बोधन गर्नेछौं ।’
यसैगरी, कलसेन्टरबाट नै हेलो सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रका नाममा सम्बोधन भएको पनि प्रत्यक्षरुपमा सर्वसाधारणको मोबाइलमा सुन्न सकिने व्यवस्था पनि गर्ने तयारी गरेको छ । ‘अहिले हामीले गुनासो गर्ने सबैको नम्बर टिपिरहेका छौं,’ रेग्मीले भने, ‘ती नम्बरमा राष्ट्रपति र प्रधानमन्त्रीले गरेका सम्बोधन तुरुन्तै पठाएर प्रत्यक्षरुपमा उनीहरुले सुन्न सक्नेछन् ।’ ती सर्वसाधारणले प्रत्यक्ष सम्बोधन सुनेको मोबाइलमा पैसा तिर्नुपदैन ।
हेलो सरकारले अहिले पाँच विकास क्षेत्रमा नै यसको शुरुवात गर्ने योजना बनाएको छ । २०६८ कात्तिक १९ गतेदेखि शुरु भएको हेलो सरकारमा अहिलेसम्म ६४ हजार २५० गुनासामध्ये ५६ हजार ७५९ गुनासो फछ्र्योट भएका छन् । रासस
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...