ताजा समाचार

नेपाली भूमि लिपुलेकमा भारतको दादागिरी, आफ्नो दाबी गर्दै २ किलोमिटर पदमार्ग बनायो

दार्चुला, १८ साउन । नेपाली भूमि लिपुलेकमा भारतीय पक्षले पदमार्ग बनाएको छ । भारतको लोक निर्माण विभागले लिपुलेकदेखि उत्तरतिर दुई किलोमिटरसम्म पर्यटकीय पदमार्ग निर्माण गरेको हो । उसले कैलाश पर्वतको दर्शनार्थीलाई सहज होस् भन्ने उद्देश्यले उक्त पर्यटकीय पदमार्ग निर्माण गरेको हो । भारतीय सञ्चार माध्यमहरुले जनाएअनुसार उक्त पदमार्गबाट सजिलै कैशाल पर्वतको दृष्यावलोकन गर्न सकिन्छ ।

हिन्दु धर्मावलम्बीहरुको आस्थाको धरोहर पबित्र धार्मीक स्थल कैलास मानसरोबर नेपाल भारत र चीनको त्रिदेशीय सीमा नजीक पर्दछ । उक्त क्षेत्रमा नेपाल, भारत र चीन तिनै देशको भूमि प्रयोग गरेर पुग्न सकिन्छ । तर नेपाली बाटो असुरक्षीत हुँदा नेपाली भक्तजनहरु दार्चुला सदरमुकामबाट भारत हुँदै कैलास मानसरोबरको दर्शन गर्न जाने गरेका छन् ।

दुई वर्ष लगाएर निर्माण गरिएको उक्त पदमार्ग निर्माण गर्न भारत सरकारले लोक निर्माण विभागबाट १५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको भारतीय अखबार हिन्दुस्तान दैनिकले जनाएको छ । भातरको यस्तो कार्यले उसले सुरक्षाका दृष्टिकोणले मात्रै नभई पर्यटकीय सम्भावनालाई बिस्तार गर्न पनि लिपुलेक क्षेत्रकम ध्यान दिएको प्रष्ट भएको भन्दै स्थानियहरुले बिरोध गरेका छन ।

राष्ट्रियताको रक्षार्थ बर्षौदेखि पीडामा रहेको लीपुलेकमा राष्ट्रियताका चर्काचर्का नाराहरु लगाउने नेता र राजनीतिक दलहरुको खासै चासो पुग्न सकेको छैन । बिद्यार्थी नेता देखी राजनीतिक दलहरुले आफ्नो चुनाबि नारा बनाउने तर सीमाको रक्षार्थ पहल गर्न नसक्दा नेपाली भुमि नै अतिक्रमणको चपेटामा पर्ने खतरा बढ्दै गएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org