ताजा समाचार

जिल्ला अदालतको आदेश बदर गर्दै पुनरावेदनद्धारा ३३ केजी सुन तस्करी आरोपी सामान्य तारेखमा छाड्न आदेश


काठमाडौं, २२ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको अरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकुष्ण श्रेष्ठलाई उच्च अदालते छाड्न आदेश दिएको छ ।

एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालते दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको खबर आजको नयाँ पत्रिकामा छ ।

त्यस्तै, काठमाडौ जिल्ला अदालतले भन्सारका कर्मचारी श्रेष्ठलाई थुनामा राख्न आदेश दिएकोमा उच्च अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । एसएसपी खत्रीलाई सामान्य तारेखमा छोड्ने आदेश दिइएको छ । न्यायाधीश भीमकुमार ओझा र बलभद्र बास्तोलाको संयुक्त इजलासले तस्करीको आरोपीलाई सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।

विमानस्थलमा खटिएका एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले गत ४ चैतमा दुई लाख रुपैयाँ धरौटीमा छाडेको थियो । खत्रीसहित धरौटीमा छुट्नेमा राजेश शाक्य वैभव लक्ष्मी सुन पसल न्युरोडका व्यापारी राजेश श्रेष्ठ, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ, सपन श्रेष्ठलाई जनही एक लाख धरौटीमा छाडिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org