ताजा समाचार

जनयुद्धको लक्ष्य विपरित लागेको भन्दै ‘विप्लव’ पार्टीका ४ सय ५० जनाद्धारा पार्टी परित्याग

भक्तपुर, २२ साउन । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ४ सय ५० जना नेता तथा कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् । भक्तपुरस्थित रफत सञ्चार क्लबमा आज पत्रकार सम्मेलन गरी उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय नेतृत्वले मनोगतवादी चिन्तन, अकर्मण्यतावाद, गोलचक्करवादी कार्यदिशा अंगिकार गरेको ठहर गर्दै उनीहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले अमूर्त दिशाहीन आन्दोलनले मुलुक अघि बढ्न नसक्ने निष्कर्षसहित आफूहरुले पार्टी परित्याग गरेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org