ताजा समाचार

भरतपुर महानगरमा रेणु दाहाल विजयी भएपछि कांग्रेस र माओवादीको संयुक्त विजय र्‍याली

भरतपुर, २२ साउन । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्त विजय जुलुस निकालेका छन् । भरतपुर महानगरको गएराति मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले आज संयुक्त विजय जुलुस निकालेका हुन् । भरतपुरको चौबिकाठीदेखि मुख्य बजार क्षेत्रमा विजय जुलुसले परिक्रमा गरेको थियो।

मेयर निर्वाचित माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयर निर्वाचित कांग्रेसकी पार्वती शाह एउटै गाडीमा चढेका थिए । भरतपुर महानगरको प्रमुखमा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी थिईन् । उनले ४३ हजार १२७ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेका थिए ।

यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यको पक्षमा ३९ हजार ५२५ मत खस्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org