ताजा समाचार

आज राति चन्द्रग्रहण लाग्ने, दिउँसो २ बजेदेखि राति १ बजेर ४ मिनेटसम्म भोजन निषेध

काठमाडौं, २३ साउन । आज सोमबार श्रावण शुक्ल पूर्णिमामा राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ ।

एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उहाँले बताउनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ ।

छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org