‘टावल ब्रा’ को विषयमा किन भईरहेको छ यस्तो बहस ?
काठमाडाैं, २३ साउन । महिलाको अण्डरगार्मेन्टको दुनियाँमा टा–टा टावेल नामको एक ब्राले खलबली मच्चाएको छ । वास्तवमा, यो एउटा यस्तो ब्रा हो जसले महिलाको स्तनलाई मात्र ढाक्ने गर्दछ र पूर्ण रुपमा कपडाले बनेको छ । योभन्दा पहिले पनि केही कम्पनी स्टिक अन ब्रा जस्ता विभिन्न उत्पादनलाई सोसल मिडियामार्फत महिलाबिच पुर्याइसकेको छ ।
टा–टा टावेल ब्रा सुरुमा हेर्दा त नराम्रो देखिन्छ । केही मानिसहरुले यसलाई स्तनको झुला समेत भनेका छन् । तर, थुप्रै मानिसहरुले यसलाई स्तनका लागि अवश्यक कुरा भएको पनि बताएको छ । डिजाइनको हिसाबले हेर्ने हो भने यो हल्टर नेक बिकिनीजस्तो देखिन्छ जुन लगाउने व्यक्तिको घाँटीमा अडिएको हुन्छ ।
सोसल मिडियामा सुरु भयो टा–टा टावेलमाथि बहसः
सोसल मिडियाको एक वर्गले यसलाई राम्रो भनेको छ भने अर्का समूहले यसलाई फाल्तू बताएको छ । तर एक वर्ग स्तनपान गराउने आमाको पनि छ जसले केही कारणसहित यसलाई निकै आवश्यक भएको बताइरहेका छन् । फेसबुक प्रयोगकर्ता चेरी फिट्जगेराल्ड स्कटले यसलाई एक काम नलाग्ने उत्पादन बताएको छ ।
आख़िर यो ‘ब्रा’ प्रति किन भईरहेको छ चर्चा ?
पश्चिममा देशहरु पूजीपति समाज पारम्पारिक रुपबाट कपडा बिक्रीको लागी स्तनलाई सेक्ससँग जोडिदै आएको छ । यो धारणाबाट अगाडी बढ्दै कपडा कम्पनीहरुले प्रशस्त मात्रामा पैसा कमाए । तर ‘टा-टा टावल’ को बारेमा सवै मानिस यदि एक धारणामाथि सहमत भएभने यो ‘ब्रा’ स्तनहरुको आकर्षक अन्दाजमा पेश गरिनेछैन् । तर, यो कुराको पूरा सम्भावना छ की सोशल मीडियामा चाँडो भन्दा चाँडो टा-टा टावल लगाउने महिलाको पनि संख्या उल्लेख्य हुनसक्ने कुरा रेबेका सील्सले बीबीसीको लागी लेखेकी छन् ।
यो महिलाहरुको समस्याको हलः
यो एक यस्तो मामिला हो जस्ले एक महिलाले महिलासँग जोडिएका समस्याको आफ्नै साथमा लिएर हल गरियो । टा–टा टावेल बनाउने एरिन रोबर्टसन लस एन्जेल्समा बसिरहेकी थिइन् र उनको एयर कन्डिशन बिग्रिएको थियो । यस्तोमा उनी नुहाएर बाहिर निस्किइन् तब उनको स्तनको मुनी पसिना आउन थाल्यो ।
एरिक आफ्नो वेबसाइटमा लेख्छिन्, ‘मैले विभिन्न तरिका अपनाएँ । मैले रुमाललाई आफ्नो स्तनमुनी राखें, त्यसपछि बेबी पाउडर पनि हालें । यतिमात्र होएन। मैले टिसर्ट लगाएर त्यसलाई स्तनको मुनी पनि दबाएँ । तर रुमाल निकै फोहोर देखिएको थियो । बेबी पाउडर लगाएपछि त म आँटाजस्तो देखिन थालेकी थिएँ । टिसर्ट लगाएपछि थप पसिना आउन थाल्यो ।’
यो राम्रो नदेखिएपनि पूर्ण रुपमा वास्तविक हो । विशेषगरी गर्मीमा ठूलो साइजको ब्रा लगाउने महिलालाई यस्तो समस्या हुन्छ ।
यसको साथ एक अर्को शानदार चीज छ यो ‘ब्रा’ को प्रचार गर्ने महिला एक सामान्य मोडल भन्दा धेरै ठूली छन् । टा-टा टावलमाथि शुरु भईरहेको बहसबाट खासगरेर आमाहरुलाई फाईदा भईरहेको छ । किनकी यस्तो मामिला सामने आएको छ जुन अहिलेसम्म आमाहरुकाबीच मात्र कुराकानी हुन्थ्यो ।
एक आमा सारा मेकगिनीसले आफ्नो बेबीसेन्टर ब्लगमा लेखेकी छन् की कुनै कारण रातमा स्तनपानको बेला लीकेज समस्याको सामना गर्नुपर्यो, तर हरेक रात आफ्नो टी शर्टमा टावल लगाएर दिईन् ।
Comments
अरु समाचार
-
गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक
काठमाडौं । लोक गायक शुसील भट्टराईको ‘आहै देउसुरे भन’ बोलको देउसी गीत सार्वजनीक भएको छ । मौलीक शव्द, संगित, गायन...
-
‘गायन’मा जत्तिकै ‘एरेन्ज’मा पनि अब्बल सुशिल भट्टराई
काठमाडौं । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिए सँगै गायक तथा एरेन्जर शुशिल भट्टराईको एरेन्जीङमा नयाँ देउसी गित सार्वजनिक भएको...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । विसं २०६८ असोज ६...
-
चलचित्र समीक्षा: पृथक निर्देशन र छायाङ्कनको ‘रङ्गेली’
काठमाडौं । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली कथानक चलचित्र ‘रङ्गेली’ अहिले प्रदर्शनमा रहेको छ । निर्देशक अर्जुन...
- खड्ग राई: कम्युनिष्ट नैतिकता र व्यवहारका पर्याय(भिडियोसहित)
-
भ्यालेन्टाइन्स डे–१४ फेब्रुअरीमा किन मनाईन्छ ?
काठमाडौं । १४ फेब्रुअरीलाई प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डेका रूपमा विश्वभर मनाइन्छ । यस दिन युगल जोडीले आफ्नो मनको कुरा...
-
युवा पुस्ताका उदयीमान गायक सुशील भट्टराई
काठमाडौं । नेपाली लोक गीत/संगीत क्षेत्रमा उदयीमान कलाकारहरुमध्य एक सर्वाधिक रुचाइएका कलाकारको नाम हो सुशील भट्टराई । बाल्यकालदेखि नै गीत÷...
-
जनचेतनामूलक “प्रहरी साथमा छ” बोलको म्युजिक भिडियो विमोचन
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गरेका छन् ।...