ताजा समाचार

सर्वेन्द्र खनाल भन्छन्, ‘म उपत्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने मन्त्रीलाई नै थाहा छैन्’

काठमाडौं, २३ साउन । ट्राफिक प्रहरी प्रमुख डिआईजी सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक ब्यवस्थापन गर्न एउटा मास्टर प्लान बनाउनुपर्ने बताएका छन् । उपत्यकाको ट्राफिक ब्यवस्थापनमा खटिएका डिआईजी खनालले मास्टर प्लानको लागी सबै निकायले सहकार्य गर्नु जरुरी रहेको बताए । सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले पहिलो चरणमा आफुले ट्याक्सीमाथि निगरानी गरिरहेको बताए ।

काठमाडौं उपत्यकमा ट्याक्सीवालाहरुको मनलाग्दी भईरहेको भन्दै त्यसलाई नियन्त्रण एयरपोर्टको ट्याक्सीबाट सुरुवात गरिएको बताए । सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न आफुले एयरपोर्टको ट्याक्सीबाट कारबाही सुरु गरेको बताएका हुन् ।

बिलिङ मिटर जडान नगर्ने ट्याक्सीलाई पनि कारवाही थालिएको बताए । ‘सार्वजनिक सवारीको अब्यवस्थाका कारण प्रताडित हुनेमध्ये म पनि एक हुँ । कहाँ कहाँ सुधार्नुपर्छ मलाई थाहा छ’ डिआईजी खनालले भने,’सुरुवात एयरपोर्टको ट्याक्सीबाट गरेको छौं ।’ अहिले एयरपोर्टको प्रिपेड ट्याक्सीहरुले विदेशबाट फर्किएकाहरुलाई ठग्ने क्रम तीव्र छ । छोटो दूरीमा पनि बढी भाडा लिने गर्दा धेरै यात्रुलाई समस्या छ ।

उनले उपत्यकाका विभिन्न ५२ स्थानमा ट्याक्सीका लागि पार्किङ लट ताकेको बताए । मिटरमा नचल्ने ट्याक्सीमाथि कारवाही सुरु गरिएको बताए । ‘९ हजारमध्ये ३ हजार ट्याक्सीले अझै बिलिङ मेसिन जोडेका छैनन् । तिनीहरुबाटै ठगी बढी भइरहेको छ,’ डिआईजी खनालले भने ।

उनले कसको जिम्मेवारी के हो भन्ने किटान नहुँदा पनि समस्या आएको भन्दै उनले अन्तर सरकारी समन्वयको अभावले पनि धेरै काम गर्न अप्ठेरो भएको बताए । ‘अस्ति माननीय ज्यूले लौ न ! मुग्लिनको जाम खोलिदिनुर्‍यो भनेर मलाई फोन गर्नुभयो । म उपत्यकाको मात्रै ट्राफिक ब्यवस्थापन हेर्छु भन्ने धेरै जिम्मेवार अधिकारीलाई नै थाहा छैन’ खनालले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org