ताजा समाचार

कलंकीमा एकाबिहानै बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

काठमाडौं, २४ साउन । काठमाडौंको कलंकीमा बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । मंगलबार बिहान ना ४ ख २७१३ नम्बरको बसले बा ६३ प ३५३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अभिषेक घिमिरेको ज्यान गएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको कलंकी प्रहरीले जनाएको छ । ठक्कर दिने बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org