ताजा समाचार

समयमै उपचार नहुँदा एक सुत्केरीको ज्यान गयो, अस्पत्तालले लापरवाही गरेको आरोप

डडेल्धुरा, २४ साउन । डडेल्धुरामा समयमा उपचारको अभावमा एक सुत्केरीको ज्यान गएको छ । भित्रि मधेश क्षेत्रको परशुराम नगरपालिका वडा नम्बर –६ की २१ वर्षीया पुष्पादेवी जोशीको ज्यान गएको जोगबुढा प्रहरीले जनाएको छ । आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्‍याइएकी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै ज्यान गएको उनका आफन्तले जनाएका छन् ।

सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ । पुष्पाको धनगढी नपुग्दै बाटोमा नै ज्यान गएको उनका आफन्तको भनाइ छ ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो । सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएकोे जनाएको छ । जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन् । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org