ताजा समाचार

करेन्ट लगाएर माछा मार्न खोज्दा एकजनाको ज्यान गयो

दाङ, २४ साउन । करेन्ट लगाएर माछा मार्न खोज्दा एक जनाको ज्यान गएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १६ का २८ वर्षीय हेमन्त केसीको ज्यान गएको हो । तुल्सीपुरको ग्वारखोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा सोमबार राति १२ बजेतिर केसीको ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । विद्युतको तार हुकिङ गरि माछा मार्ने क्रममा केसीलाई करेन्ट लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org