ताजा समाचार

नयाँबजारमा एकाबिहानै ट्याङ्करले मिनि ट्रकलाई ठक्कर दियो, २ जना घाइते

काठमाडौं, २५ साउन । काठमाडौको नयाँबजारमा ट्याङ्करले मिनि ट्रकलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बुधबार बिहान साढे ५ बजेतिर बा २ ख ३६७६ नम्बरको पानी ट्याङकरले बा २ ख ८२५७ नम्बरको मिनी ट्रकलाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् ।

दुर्घटनामा मिनी ट्रक चालक काठमाडौं स्वयम्भु बस्ने ३५ वर्षका ज्ञान बहादुर तामाङ र परिचालक २५ वर्षका आशिष मगर घाइते भएको प्रहरीले जनाएको छ। घाइते दुवैको त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । पानी ट्याङकर चालक फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org