ताजा समाचार

प्रधानमन्त्री देउवा हेलिकोप्टर चढेर अर्को आयोजनाको निरीक्षणमा

काठमाडौं, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्ने भएका छन् । केही दिन अगाडी नारायणगढ मुग्लिन सडकखण्डको निरीक्षण गरेका प्रधानमन्त्री देउवाले आज मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्न लागेका हुन् ।

प्रधानमन्त्री देउवासहितको टोली हेलिकोप्टरबाट मेलम्ची जाने कार्यक्रम छ । ‘प्रधानमन्त्रीले चासो दिएर जान लाग्नु भएको हो’ खानेपानीमन्त्री महेन्द्र यादवले भने, ‘उहाँले इन्टेक ड्याम र टनेलको अवलोकन गर्नु हुनेछ ।’

मेलम्ची खानेपानी आयोजनाको पानी दशैंमा काठमाडौं ल्याउने लक्ष्य राखिएको थियो । तर, अब यो सम्भावना टरेको छ र अधिकारीहरुले आगामी पुससम्म मेलम्चीको पानी काठमाडौंमा ल्याउने प्रयास हुने बताएका छन् । देउवाले आयोजनाको निरीक्षणपछि अधिकारीहरुलाई निर्देशन दिने तयारी गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org