ताजा समाचार

भोजपुरका मृत तीन बालबालिकाको अनुसन्धान सुस्त, रहस्य दिनप्रतिदिन गर्भमै

भोजपुर, २५ साउन । गत असार १२ गते मृतावस्थामा भेटिएका तीन बालबालिकासम्बन्धि घटनाको अनुसन्धान अझै टुंगो लाग्न सकेको छैन । भोजपुरको अरुण गाउँपालिकामा–३, प्याउलीमा घटना भएको एक महिनाभन्दा बढी बितिसके पनि अनुसन्धान भने टुंगो लाग्न नसकेको हो । घटना भएको दिनदेखि जिल्ला प्रहरी कार्यालय, भोजपुर र क्षेत्रीय अनुसन्धान ब्युरो निरन्तर अनुसन्धानमा लागेपनि घटनाको रहस्य पत्ता नलागेको हो ।

अहिले केन्द्रीय अनुसन्धान ब्युरोबाट टोली खटिएर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । अनुसन्धान सुस्त रहेको भन्दै स्थानीय भने आक्रोशित हुँदै आएका छन् ।

स्थानीय रवीन्द्र सापकोटाका १४ वर्षीय छोरा रञ्जीव सापकोटा र चेतनाथ फुयाँलका १३ वर्षीया छोरी सुष्मा र आठ वर्षीय छोरा प्रदीप फुयाँल गत असार १२ गते माछा पोखरीमा मृत भेटिएका थिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org