ताजा समाचार

कुलमान घिसिङका सामू भारतीय अधिकारी निरिह, भारतबाट किन्ने विजुलीको मुल्य घटाए

 

काठमाडौं, २५ साउन । नेपालले भारतबाट किन्ने गरेको बिजुलीको मूल्य घटेको छ । सन् २०११ मा नेपाल भारत पावर एक्सचेन्ज कमिटीको बैठक विद्युतको मूल्य प्रत्येक वर्ष विद्युत महशुल बढाउने सहमति भएको थियो । उक्त बैठकले हरेक वर्ष बैठक बस्ने र बाषिर्क ५.५ प्रतिशतका दरले बिजुलीको मूल्य बढाउने सम्झौता भएको थियो । तर कुलमान घिसिङले उक्त निर्णय सम्झौता खारेज गर्न लगाएका हुन् ।

घिसिङले उक्त सम्झौता खारेज गर्न लगाएपछि भारतबाट किन्ने विद्युत केही सस्तो भएको हो । प्रत्येक वर्ष वैठक बस्ने भनिएपनि सन् २०११ देखि पावर एक्सचेन्ज कमिटीको बैठक एकपटक पनि बस्न सकेको थिएन् । विद्युतको मूल्य भने बढ्दै गयो, जसका कारण भारतबाट ल्याइने विद्युतको मूल्य प्रतियुनिट ११ रुपैयाँ नाघेको थियो ।

कुलमान घिसिङ प्राधिकरणको नेतृत्वमा आएपछि पहिलो पटक पावर एक्सचेन्ज कमिटीको बैठक बसेको छ । दिल्लीमा बसेको बैठकले हरेक वर्ष ५.५ प्रतिशतका दरले विद्युतको मूल्य बढ्ने पूर्वसहमतिलाई खारेज गरेपछि विद्युत केही सस्तिएको हो ।

अब ५० मेगावाट वा त्यसभन्दा माथि १३२ केभी ट्रान्समिटरबाट आउने एक युनिट बिजुलीको मूल्य ५.५ भारु पर्नेछ । गत वर्ष मूल्य ५० मेगावाट भन्दा कम १३२ केभी ट्रान्समिटरबाट आउने एक युनिट विजुलीको मूल्य ५.६२ थियो । यस्तै ३३ केभी ट्रान्समिटरमा आउने एक युनिट विद्युतको मूल्य भारु ६ र ११ केभीको ६.४५ भारु निर्धारण भएको छ । यसअघि ३३ केभी ट्रान्समिटरमा आउने एक युनिट विद्युतको मूल्य ६.४२ र १११ केभीको ६.५४ भारु थियो ।

दिल्लीमा सन् २०१८ मार्चमा अर्को बैठक बस्ने र विद्युतको मूल्य निर्धारण गर्ने सहमति भएको छ । साथै लामो समयदेखि बन्द रहेको ३३ केभीको धनगढी-पालिया प्रशारण लाइन दुई महिनाभित्र सञ्चालनमा ल्याउने सहमति पनि भएको विद्युत प्राधिकरणले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org