ताजा समाचार

नेपाल-भारत सीमा स्तम्भ हराउँदै: स्थानीय प्रशासन भन्छ्, ‘केही बाढीले बगायो, केही कसरी बग्यो थाहा छैन् ?’

काठमाडौं, २९ साउन । नेपाल र भारत सीमा क्षेत्रका सीमा स्तम्भ बर्सेनी हराउँदै जान थालेका छन् । जिल्लाको मानखोला पुर्वमा रहेको ४१ नम्बरको पिलरदेखि सीमावर्ती कतर्निया मुख्य पिलर नम्बर ९८ सम्मा पर्ने ८२ किलोमिटरभित्र पर्ने पिलर बर्षेनी हराउने गरेको पुष्टि भएको छ ।

यस बर्ष गुलरिया नगरपालिका १० महजिदियास्थित गाडिएको पाँच वटा सहायक स्तम्भ केहि दिनदेखि अघि हराएको छ । बसेर्नी सीमा स्तम्भ गायब हुने गरेको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए ।

नदी तटीयक्षेत्रका सीमा स्तम्भ बाढीले बगाउने प्रशासनले औँल्याए पनि अन्य सीमा स्तम्भ हराउने कारण पुष्टि हुन नसकेको खबर आजको नागरिक दैनिकमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org