ताजा समाचार

डा. गोविन्द केसीको ‘मुटु कुनै पनि बेला बन्द’ हुनसक्ने स्याहारमा संलग्न चिकित्सको चेतावनी

काठमाडौं, २९ साउन । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भिर असर परिरहेको चिकित्सकहरुले बताएका छन् । २१ दिनदेखि अनसनमा बसिरहेका डा. केसीको स्वास्थ्यमा जटिल समस्या आएको भन्दै कुनै पनि समय मुटु बन्द हुन सक्ने चेतावनी दिएका छन् । स्याहारमा संलग्न चिकित्सकले डा. केसीलाई कुनै पनि समय मुटु अचानक बन्द हुन सक्ने समस्या आउँने वा संक्रमण हुनसक्ने सम्भावना औंल्याएका हुन् ।

त्रिवि शिक्षण अस्पताल हातामा आमरण अनसन जारी राखेका केसीको स्वास्थ्य अवस्था अत्यन्तै जटिल र खतरा रहेको उनको स्वास्थ्य स्याहारमा संलग्न चिकित्सकहरुले बताएका हुन् । उनको उपचारमा संलग्न प्रा. डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार डा. केसीको स्वास्थ्य निरन्तर खस्कदो छ र उनलाई जतिबेला पनि मुटु बन्द हुने समस्या (कार्डियाक अरेस्ट) हुनसक्छ ।

डा. केसी निरन्तर अक्सिजनको सहायतामा छन् भने रगतमा सेतो रक्तकणको संख्या पनि घट्दो रहेको छ । उनमा निरन्तर मांशपेशी दुख्ने, टाउको हलुङ्गो लाग्ने, छाति गह्रौ हुने र रिंगटा लाग्ने समस्या देखिएको छ ।

उनको शरीरको रक्तचाप र अक्सिजनको स्तर समेत निकै तल रहेको चिकित्सको भनाई छ । उनको मुटुको चाल कहिलेकाही दुई सय भन्दा बढी पटक समेत हुने गरेको प्रा. डा. श्रेष्ठले बताए । उनको ब्लड सुगर, एलेक्ट्रोलाइट, पोटासियम, म्याग्नेसियम, फस्फोरस र क्याल्सियम तल्लो स्तरमा रहेकाले पनि मुटु अचानक बन्द हुन सक्ने जोखिम बढेको उनको भनाई छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org