ताजा समाचार

उमेर ढाटेर नागरिकतामा फरक-फरक जन्ममिति राख्दै बढुवा हुन खोज्ने प्रहरी अधिकृत कारबाहीमा

काठमाडौं, २९ साउन । डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् ।

हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ । सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ ।

नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाँबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ । उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org