ताजा समाचार

सप्तकोशीका ५२ मध्ये ३३ ढोका खुला, थप ढोका खोल्न भारतबाट प्राविधिक टोली आउनुपर्ने

सुनसरी, २९ साउन । सप्तकोशी नदीमा रहेको पुलको थप ढोका खोल्न भारतबाट प्राविधिक टोली आउनुपर्ने भएको छ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको छ । शनिबार बेलुका सप्तकोशी नदीमा प्रतिसेकेण्ड २ लाख ७९ हजार क्युसेक पुगेको थियो ।

पानीको बहाब ३ लाख क्युसेक प्रतिसेकेण्ड नाघेपछि भने भारतबाट इन्जिनियरसहितको प्राविधिक टोली आउने र त्यो टोलीले अवस्था निरीक्षण गरेपछि मात्र कोशी ब्यारेजका थप ढोका खोल्न मिल्ने स्थानीय प्रशासनले जनाएको छ । अहिले सप्तकोशीका ५२ मध्ये ३३ वटा ढोका पूरै खोलिएको छ भने ५ वटा आधा मात्र खोलिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org