ताजा समाचार

सुर्खेतमा मध्यराति पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु

सुर्खेत, २९ साउन । सुर्खेतमा पहिरोले घर बगाउँदा एकै परिवारका तनि जनाको ज्यान गएको छ । शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा गुर्भाकोट नगरपालिका–६ मा एकै परिवारका तीन जनाको ज्यान गएको हो ।

सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा ८३ वर्षीय गुमानसिंह बुढा, उनका १४ वर्षीय नाती बिक्रम बुढा र १२ वर्षीय सरन बुढाको ज्यान गएको प्रहरीले जनाएको छ ।

गएराति १२ बजेतिर गएको पहिरोले घर बगाउँदा उनीहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय छिन्चुले जनाएको छ । पहिरोमा पुरिएका उनीहरुको शव प्रहरीले आज विहान निकालेको छ । लगातारको वर्षाले रत्नराजमार्ग अन्तरगत हर्रे–कोहलपुर सडक खण्डमा पहिरोजाँदा सडक अवरुद्ध भएको छ । भेरीगंगा नगरपालिकाको हर्रे नजिकै गएराति पहिरो जाँदा सवारीसाधन ठप्प भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org