ताजा समाचार

UPDATE: सुनसरीमा बाढीका कारण मर्नेको संख्या १० पुग्यो: ६ जना वेपत्ता, ४५ सय विस्थापित


सुनसरी, २९ साउन । सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । ६ जना अझै पनि हराइरहेको प्रहरीले जनाएको छ ।बाढीले बगाएर र डुवेर सुनसरीमा माया राई, रुपेश राई, रुश्मती राई, माला सदा, सिपी साह, इश्वर सुनुवार, अनिता धिमाल र डोमीदेवी मण्डलको ज्यान गएको छ । यस्तै एक मागीखाने पुरुष र खोलाले बगाएकी महिलाको भने सनाखत हुन सकेको छैन् ।

बाढी र डुवानका कारण सुनसरीमा  १३ हजार जना प्रभावित भएका छन् भने ४५ सय जना विस्थापित भएका छन् । केहीको उद्दार जारी छ । यस्तै जोखिममा रहेका ५ सय नागरिक उद्दारको पर्खाइमा रहेका छन । इनरुवा, भोक्राहा, वविया, बसन्तपुर, घुस्की लगायतका ठाउँका नागरिक उद्दारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । डुवान केही कम भएका ठाउँमा राहत वितरण सुरु भएको प्रहरीले जनाएको छ ।

सुनसरी खोलामा आएको बाढीले तटबन्ध भत्काउँदै बस्तिमा पसेको छ । भोक्राहाका एक हजार जनालाई उद्धार गरी सुरक्षित ठाउँमा सारिएको सुनसरीका प्रहरी प्रमुख एसपी विद्यानन्द माझीले जनाकारी दिए । यस्तै टेङग्राखोलाले कर्भट भत्काउँदा धरान इटहरी सडकखण्ड अबरुद्ध भएको छ । सुनसरीमा यसअघि बाढीमा परी ९ जनाको ज्यान गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org